किशोर प्रधानको आरोपः मुरारका र राणाले निर्वाचन आचारसंहिता उलंघन गरे



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले अहिलेको कार्यसमितिका अध्यक्ष पशुपति मुरारका र बरिष्ठ उपाध्यक्ष भवानी राणाले आचारसंहिता उलंघन गरेको आरोप लगाएका छन् ।

प्रधानले पत्रकार सम्मेलन गरेर वर्तमान अध्यक्ष मुरारका र स्वत अध्यक्ष हुन लागेकी राणाले शेखर गोल्छा र उनको समुहको प्रचार गरेको र मतदातालाई प्रभावित पार्ने काम गरेको बताएका छन् ।

‘पदको मर्यादा विपरित एक पक्षका उम्मेदवारहरुलाई सार्वजनिक रुपमा मेरो टिम भनेर अध्यक्ष र बरिष्ठ उपाध्यक्षले मत मागे’,प्रधानले भने,‘ मतदातालाई प्रभावित पार्ने प्रयास गरिएको केन्द्र तथा प्रदेशको निर्वाचन सम्बन्धमा विधानको कार्यविपरित गोल्छा समुहको हक हित हुने गरि विभिन्न संस्थागत निर्णयहरु एक पक्षिय ढंगबाट गरिएका छन् ।’

महासंघको निर्वाचनलाई स्वच्छ र सरल बनाउने उद्धेश्य राखी गरिएको विधान संशोधनका प्रावधानहरुलाई महासंघको नेतृत्वमा आफ्नो कव्जा जमाउने र आफ्नो नियन्त्रणमा चल्ने व्यक्तिलाई पुर्याउने वदनियत पुर्ण प्रयासले महासंघको गरिमामा आँच पुग्ने र संस्था कमजोर हुने भएको हुनाले यस्ता दुस्प्रयासहरुलाई रोक्न तथा दुरुत्साहित गर्न महासंघका सम्पूर्ण सदस्यहरुले गम्भीरता पूर्वक सोच्न प्रधानले पत्रकार सम्मेलनन गरेर आग्रह गरेका छन् ।

प्रधानले आगामी कार्यकालमा स्वत अध्यक्ष हुने व्यक्तिले एक पक्षिय रुपमा भोट माग्नु अशोभनिय र आचारसंहिता विपतरि भएको भन्दै यसले महासंघको भविष्यलाई संकटमा पार्ने बताएको छ । यस्तै महासंघको नेतृत्व उद्योगी व्यवसायीले गर्ने भन्दै अहिलेको नेतृत्वले मतदातालाई दवाव दिएको आरोप प्रधान समुहले लगाएको छ ।


क्लिकमान्डु