महासंघ निर्वाचनमा पशुपति मुरारकाले थाले सहमतीको प्रयास



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वको लागि सहमतिको पहल सुरु भएको छ ।

महासंघका अध्यक्ष पशुपति मुरारकाले सहमतिको पहल थालेका हुन् ।

अध्यक्ष मुरारकाले आज साढे ११ बजे बरिष्ठ उपाध्यक्षका उम्मेद्वार शेखर गोल्छा र किशोर प्रधानसहित सबै पदका उम्मेदवारसँग छलफल गर्न लागेका छन् ।

मुरारकाले मंगलबार शेखर गोल्छाको उम्मेद्वारी घोषणामा सहमतिको पहल गर्न सबै पक्षसँग आग्रह पनि गरेका थिए ।

मुरारकाले गोल्छा र प्रधान प्यानलबाट पदाधिकारीमा उठ्न लागेका आकांक्षीलाई बैठकमा बोलाएर अन्तिम समयसम्मपनि सहमति खोज्ने प्रयास थालेका हुन् ।

मुरारकाले स्वतन्त्रबाट वस्तुगततर्फ उपाध्यक्षमा उम्मेद्वारी दिएका अनुप मल्ललाई पनि सहमतिको लागि बोलाएका छन् ।

महासंघमा प्रतिस्पर्धा नभएर प्रतिद्धन्दी हाबी भएको भन्दै आफुले सहमतिको लागि पहल गरेको उनले बताए ।

‘अहिलेको कार्यसमितिको अध्यक्ष भएको आधारले अन्तिम समयसम्म सहमतिमा नेतृत्व छनोटका लागि पहल गर्नु मेरो दाहित्व हो’,मुरारकाले क्लिकमान्डुँग भने, ‘निर्वाचनबाट नेतृत्व चुन्नु परेपनि प्रतिस्पर्धा मात्र होस् भन्ने मेरो चाहना हो।’


क्लिकमान्डु