बाटो निर्माणको लागि बैशाखदेखि चोभार दक्षिणकाली सडक बन्द हुने



काठमाडौं । सडक निर्माणको लागि चोभार दक्षिणकाली सडकखण्ड अवरोध हुने भएको छ ।

बल्खु दक्षिणकाली सडकको चोभार दक्षिणकाली सडकखण्ड पिच गर्नको लागि बैशाख २ गतेदेखि सडक कालोपत्रे कार्य गर्नको लागि विहान ११ बजेट देखि ३ बजेसम्म सडक अवरुद्ध हुने छ ।

अहिलेको लागि १५ दिन सम्म सडक अवरुद्ध रहने र सो अवधीमा काम नभएमा पुनः थपिने आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ । आयोजनाले बैशाख २ देखि १५ दिनसम्म ११ बजेदेखि पूर्णरुपमा सवारी साधन चलाउन रोक लगाएको छ ।


क्लिकमान्डु