खानेपानी लिमिटेडलाई ५० करोड रुपैयाँ बिल तिर्न बाँकी छैन : प्राधिकरण प्रमुख घिसिङ



काठमाडौं । नेपाल विद्युत् प्र्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले हुँदै नभएको महसुल प्राधिकरणले तिरेन भनेर गराइएको प्रचार पूर्णत गलत भएको बताए ।

विभिन्न आयोजनाले घर भाडामा लिँदा बाँकी रहेको केही रकम प्राधिकरणले तिनुपर्ने हुनसक्ने तर प्रचार गरिएजस्तो रु ५० करोड बक्यौता रहेको भन्ने प्रचार असत्य रहेको बताए ।

प्राधिकरणले लिमिटेडलाई ४४ लाख मात्रै महसुल तिर्न बाँकी रहेको र त्यो पनि विभिन्न आयोजनाका नाममा रहेको महसुल मात्रै रहेको जानकारी दिए ।

प्राधिकरणले लिमिटेडलाई के कति महसुल तिर्नुपर्ने हो सो को जानकारी दिन र आधिकारिक पत्राचार गर्न आग्रह गरेको समेत उनको भनाई छ । रासस


क्लिकमान्डु