घरजग्गा मेला चैत २५ देखि



काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले चैत २५ देखि २८ सम्म घरजग्गा मेला गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने मेलामा घरजग्गा सँग सम्बन्धित सबै जानकारी पाइने छ ।

सम्मेलनमा पहिलो पटक नेपालमा हाउजिङ समिट गर्ने संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

सम्मेलनमा १ सय २० भन्दा बढी स्टल रहने र मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट,जग्गा योजना तथा विकास निर्माणका सामाग्रीको उत्पादक तथा विक्रेता इन्जिनियरिङ चतम आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक तथा बीमा कम्पनी सहभागी हुने छन् । मेलामा १ लाखले भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।


क्लिकमान्डु