प्रदेश नं ७ बाट १२ लाख बढि मतदाताले भोट हाल्न पाउने



कैलाली । निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार प्रदेश नं ७ बाट १२ लाख १५ हजार ८६५ मतदाताले भोट दिन पाउने भएका छन् ।

प्रदेश नं ७ मा छ लाख ७३ हजार ३२१ महिला, पाँच लाख ४२ हजार ५३० पुरुष र १४ जना तेस्रोलिङ्गी रहेको यहाँस्थित क्षेत्रीय निर्वाचन आयोगले जनाएको छ ।

जनचेतनाको अभाव र सर्वसाधारणको लापर्बाहीले गर्दा धेरै मतदाता अधिकारबाट वञ्चित हुनेसमेत देखिएको आयोगले जनाएको छ ।

कैलालीमा एक लाख ९८ हजार ८ ८७ पुरुष, दुई लाख पाँच हजार ३ ८६ महिला र सात तेस्रोलिङ्गी गरी जम्मा चार लाख तीन हजार २८० जनाले निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

कञ्चनपुरमा एक लाख १५ हजार ४ २२ पुरुष, एक लाख २० हजार ३ १२ महिला र एक तेस्रोलिङ्गी गरी दुई लाख ३५ हजार ७३६ जना मतदाता पुगेका छन् भने डडेल्धुरामा ३७ हजार २५४ पुरुष र ३८ हजार ५२६ महिला गरी जम्मा ७५ हजार ७८० जना मतदाता पुगेका छन् ।

बैतडीमा ६० हजार २२७ पुरुष, ६४ हजार ५९६ महिला र एक तेस्रोलिङ्गी गरी एक लाख २४ हजार ८२४ जना, डोटीमा ४६ हजार ९८ पुरुष र ५४ हजार ७८९ महिला गरी एक लाख ८८७, दार्चुलामा ३६ हजार ६४१ पुरुष र ३६ हजार २६५ महिला गरी ७२ हजार ९०६ जना, अछाममा ६० हजार ४४१ पुरुष र ६७ हजार २९९ महिला र दुई तेस्रोलिङ्गी गरी जम्मा एक लाख २७ हजार ७२४ जना पुगेका छन् ।

त्यस्तै बझाङमा ४७ हजार ८८८ पुरुष ४९ हजार ७२१ महिला र एक तेस्रोलिङ्गी गरी ९७ हजार ६१० जना र बाजुरामा ३२ हजार ५२१  पुरुष, ३२ हजार ४२७ महिला र दुई तेस्रोलिङ्गी गरी ६४ हजार ९५० जनाले निर्वाचनमा मतदान गर्न पाउने क्षेत्रीय निर्वाचन आयोगले जनाएको छ ।


क्लिकमान्डु