अर्घाखाँची सिमेन्ट मोइस्चर प्रुफ प्याकेजिङमा, अर्घाखाँची एमपी ओपीसी ब्राण्डमा बिक्री हुने



काठमाडौं । अर्घाखाँची ओपीसी सिमेन्टको उत्पादक कम्पनी अर्घाखाँची सिमेन्ट प्रा.लि.ले नयाँ मोइस्चर प्रुफ प्याकेजिंगमा अर्घाखाँची एमपी ओ.पी.सी. सिमेन्ट बजारमा सार्वजनिक गरेको छ ।

सो सिमेन्ट मोइस्चर प्रुफ प्याकेजिङले गर्दा ओस तथा साधारण पानीले असर नगर्ने र सिमेन्टको धुलो बाहिर ननिस्कने हुनाले निर्माणकर्मी एवं उपभोक्तालाई भण्डारण र प्रयोग गर्नका लागि सहज हुने कम्पनीले जानकारी दिएको छ । यसका साथै साथै धुलो रहित हुने भएकाले लोड अनलोड र निर्माणमा जुट्ने कामदारको स्वास्थ्यमा असर पार्ने छैन ।

कम्पनीका निर्देशक पशुपति मुरारका तथा मनोज केडियाले एक कार्यक्रमकाबिच सो नयाँ मोइस्चर प्रुफ प्याकेजिङ बजारमा उपलब्ध भएको घोषणा गरे ।

अर्घाखाँची एमपी ओ.पी.सी सिमेन्ट सार्वजनिक गर्दै कम्पनीका निर्देशक पशुपति मुरारकाले कम्पनीले गुणस्तरमा ध्यान दिएको भन्दै ग्राहकलाई गुणस्तरीय उत्पादन दिनका लागि नयाँ प्याकेजिंगमा सिमेन्ट प्याक गरिएको बताए । उनले आगामी दशैंसम्ममा उत्पादनको क्षमता बढाउँदै ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने योजना सुनाए ।

‘हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनै पनि कमी नहोस् साथै ओसबाट सिमेन्ट सुरक्षित होस् भन्ने उद्देश्यले यस्तो किसिमको प्याकेजिङ् भित्र्याएका हौं,’ उनले भने ।

रुपन्देहीको मैनाहिया गाविसमा स्थित अर्घाखाँची सिमेन्ट प्रा.लि.ले हाल १,२०० मेट्रिकटन क्लिंकर र सिमेन्ट उत्पादन गरिरहेको छ । उद्योगले उच्च स्तरको जर्मन प्रविधिको साथै अटो रोटो प्याकेजिंग प्रविधिको प्रयोगबाट सही तौलको उच्च गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु