सिभिल मलमा अविवाहित युवाको लागि पिनाकलले सुरु गर्यो ‘ह्याप्पिली अनम्यारिड’ स्टल



काठमाडौं । नेपालमा पहिलो पटक इन्डियाको पिनाकल ब्राण्डले सिभिल महलमा आफ्नो चौथो स्टल ‘ह्याप्पिली अनम्यारिड’ आरम्भ गरेको छ । विशेष अविवाहित युवाहरुको लागि यस ब्राण्डले बलिउड सँगको सुझाव र डिजाइन प्रयोग गरिएको छ ।

विभिन्न खालका पोशाक , आधुनिक ब्याग , बारमा प्रयोग हुने सामान , घरायसी सामान देखि लिएर स्टेशनरीका सम्पुर्ण सामान स्टलमा पाइने छ ।

स्टोरमा सबै ब्राण्डेट सामान पाइने छ । ‘ह्याप्पिली अनम्यारिड मार्केटिङ म्यानेजर अमिर ठकुरी सबै सामानहरु प्राकृतिक तत्वबाट निर्मित र हानिकारक नहुने बताउँछन् । यो ‘ह्याप्पीली अनम्यरिड सप’ विशेष गरेर अविवाहित युवाहरुलाई उपहारको लागि उपोगी हुने उनको भनाई छ ।

 


क्लिकमान्डु