यसरी भयो किशोर कुमार प्रधान समूहको उम्मेदवारी दर्ता



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि किशोर कुमार प्रधानको समूहले आज उम्मेद्वारी दर्ता गरेको छ । उम्मेदवारी दर्ताका लागि प्रधान समूहका तर्फबाट उम्मेद्वारहरु कार्यालय समयमै महासंघको कार्यालयमा पुगेका थिए ।

समूहबाट वरिष्ठ उपाध्यक्षमा किशोर कुमार प्रधानले मनोनयन दर्ता गरे भने जिल्ला तथा नगरतर्फको उपाध्यक्ष पदमा प्रमोद श्रेष्ठले उम्मेद्वारी दिएका छन् । त्यसैगरि वस्तुगत उपाध्यक्ष पदका लागि प्रधान समूहबाट शंकर प्रसाद पाण्डेले आफ्नो उम्मेद्वारी दर्ता गराए । प्रधान समूहबाट एसोसिएट्सतर्फको उपाध्यक्षको उम्मेद्वारी भने कसैले पनि गराएनन् ।

महासंघको आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु तथा कार्यसमिती सदस्यहरुको निर्वाचन यहि चैत २९ गते काठमाडौंमा हुँदैछ ।

किशोर कुमार प्रधान समूहको उम्मेदवारी दर्ताका लागि पूर्व अध्यक्ष कुश कुमार जोशीसहितको टोली महासंघमा पुगेको थियो ।

प्रधान समूहले आइतवार बेलुका आफ्नो समूहबाट चुनाव लड्ने सदस्यहरुसहितको समूहको घोषणा एक कार्यक्रमकाबिच गरेको थियो ।

महासंघको निर्वाचनमा प्रतिस्पर्धाका लागि यसअघि आइतवार नै शेखर गोल्छा समूहले उम्मेदवारी दर्ता गरिसकेको छ ।


क्लिकमान्डु