उद्योग परिसंघको उपाध्यक्षमा राजेश कुमार अग्रवाल मनोनित



काठमाडौं । नेपाल उद्योग परिसंघले रिक्त रहेका उपाध्यक्ष पदमा राजेश कुमार अग्रवाललाई मनोनित गरेको छ । हालै सम्पन्न राष्ट्रिय परिषदको पूर्ण बैठकले परिसंघको रिक्त उपाध्यक्षपदमा मनोनिद गर्दै रोजगारदाता परिषदको संयोजकमको जिम्मेवारी दिएको हो ।

।नवनियुक्त उपाध्यक्ष अग्रवालले परिसंघको तर्फबाट नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय तथा मातहतका निकाय, अन्तर्राष्ट्रिय श्रम संगठन, व्यवस्थापिका संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्वन्ध समितिमा प्रतिनिधित्व गर्नुहुनेछ ।

औद्योगिक क्षेत्रमा सुमधुर श्रम सम्वन्ध कायम गर्नका लागि विभिन्न श्रम संगठन तथा श्रमिक तथा रोजगादाताका पेशागत संगठन र सरकारसँगको सहकार्यमा दुईपक्षीय तथा त्रीपक्षीय संयन्त्रमा रहेर श्रम तथा रोजगार क्षेत्रसँग सम्वन्धित नीति तथा ऐन कानुन निर्माण र त्यसको कार्यान्वयनका क्रममा रोजगारदाता परिषदको महत्वपूर्ण भुमिका रहने गर्छ ।


क्लिकमान्डु