दिपायल बजारमा भिषण आगलागी, लाखौं रुपैयाँको क्षति



डोटी । डोटीको सदरमुकाम दिपायल बजारमा भिषण आगलागी भएको छ । दिपायलको पिपल्ला बजारमा अवस्थित जीबी आयल स्टोरमा लागेको आगो नियन्त्रण बाहिर गएर बजारमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट ६ वटा पसल, २ वटा मोरसाइकल र एउटा पेट्रोल ट्याकर जलेका छन् ।

दिपायल नगरपालिकाको दमकल बिग्रिएका कारण आगो नियन्त्रण बाहिर गएको स्थानीयको भनाई छ । आगो नियन्त्रणका लागि डडेलधुराबाट दमकल मगाइएको छ । डडेलधुराबाट दमकल आउन अझै केहि समय लाग्नेछ ।

दमकल नआउन्जेल स्थानिय र प्रहरीहरु आगो नियन्त्रणमा खटिएका छन् । हालसम्मको विवरण अनुसार मानविय क्षती भएको छैन भने लाखौं रुपैयाँको क्षति भएको बताइएको छ तर थप विबरण आउन बाँकी छ ।


क्लिकमान्डु