सेयर बजारमा ७९ अ‌ंकको उछाल, आजको कारोबार बन्द



काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज आइतवारको कारोबार बन्द भएको छ । साताको पहिलो दिन आज नेप्सेमा ५.०१ प्रतिशतको वृद्धि भएपछि कारोबार बन्द भएको छ ।

आज नेप्सेमा ७९ दशमलब ४७ अंकले वृद्धि भएपछि कारोबार बन्द भएको हो ।

आज नेप्से परिसूचक १६६७.११ अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेमा समूहगत परिसूचकहरु सबै सकारात्मक रहेभने सबैभन्दा धेरै वृद्धि बीमा समूहमा देखियो । बीमा समूहको सूचक ७३३.३७ अंकले बढ्यो । त्यस्तै सबैभन्दा कम वृद्धि भने अन्य समूहमा रहेको छ ।अन्य समूहको सूचक ७.८१ अंकले बढ्यो ।


क्लिकमान्डु