असिना पानीले गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति



कञ्चनपुर, २० चैत । गएराती परेको असिना पानीका कारण डोटी जिल्लाको पूर्वी चौकी गाँउपालिका–४ सानागाउँका ८०० घरधुरीका कृषकले लगाएको गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति पुगेको छ ।

असिना पानीका कारण गहुँबालीमा ८० प्रतिशत बढी क्षति पुगेको कृषि सेवा केन्द्र सानागाउँका प्रमुख मनी नाथले बताए।

‘असिना पानीले तरकारी बालीमा ९० प्रतिशत र सुन्तला र कागतीमा ६० प्रतिशत क्षति पुर्याएको  छ’ उनले भने ‘ वर्षभरि खानका लागि लगाइएको गहुँबालीमा क्षति पुगेपछि यहाँका बासिन्दामा भोकमरीको सम्भावना बढेको छ ।  ‘

असिना पानीले गर्दा तरकारी र फलफूल खेतमा क्षति पुगेपछि कमाइको स्रोतमा समेत असर परेको उहाँको भनाइ रहेको छ । साना गाउँ नजिकका क्षेत्रमा समेत असिना पानीले क्षति पु¥याए पनि क्षतिको विस्तृत विवरण सङ्कलनको कार्य भइरहेको छ ।

असिना पानी राति करिब एक घनटासम्म परेको थियो । रासस


क्लिकमान्डु