नेपालमा वानप्लस ३-टीको बिक्री शुरु, मूल्य ५४ हजार ९ सय रुपैंया



काठमाडौं । वानप्लसको आधिकारिक बिक्रेता आइहब प्रालिले नेपालमा वानप्लस ३-टीको बिक्री शुरु गरेको छ। वानप्लसको नयाँ फ्ल्यागशिप फोन ३-टीको ६४ जीबी भर्सन मात्र नेपालमा उपलब्ध हुनेछ ।

यसअघि सार्वजनिक भएको वानप्लस ३ को भन्दा यो वानप्लस ३-टीमा केहि फिचरहरु थप गरिएका छन् । यसमा २.३५ गीगाहर्जको क्वाडकोर क्वालकम स्न्यापड्रागन ८२१ प्रोसेसर राखिएको छ जबकि वानप्लस ३ मा स्न्यापड्रागन ८२० प्रोसेसर रहेको थियो ।

वानप्लस ३-टीमा ५.५ इन्चको अप्टिक एमोलेड फूलएचडी डिस्प्ले राखिएको छ भने कोर्निंग गोरिल्ला ग्लास ४ द्धारा स्क्रीनलाई सुरक्षित बनाईएको छ ।

फोटोका लागि यसमा १६ मेगापिक्सेलको रियर तथा फ्रन्ट क्यामरा राखिएको छ । यसको रियर क्यामरामा अटो फोकस, फेस डिटेक्सन, डिजिटल जूम लगायतका फिचर छन भने फोरके भिडियो रेकर्डिंग गर्न सक्दछ ।

फोनमा ३,४०० एमएचको नन रिमुभेवल ब्याट्री प्याक राखिएको छ भने ड्यास चार्जिंग टेक्नोलोजी उपलब्ध छ जसले ३० मिनेटमा नै दिनभरीको लागि चार्ज गर्न सक्दछ ।

एन्ड्रोयड ७.० नुगटमा आधारित स्मार्टफोनमा फोरजी एलटिई सपोर्ट गर्दछ ।

नेपाली बजारमा वानप्लस ३-टीको मूल्य ५४ हजार ९ सय रुपैंया तोकिएको छ ।


क्लिकमान्डु