कलंकीमा ओम डेभलपमेन्ट बैंकको ३१औं शाखा



काठमाडौं । पोखरामा मुख्य कार्यालय हरको ओम डेभलपमेन्ट बैंकले काठमाडौंको कलंकीमा ३१औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरे ।

सो अबसरमा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकका बिभिन्न गतिविधिहरु जानकारी गराए ।

सीइओ अधिकारीले मनास्लु विकास बैंकसँग मर्जरको प्रक्रियामा रहेको र मर्जरपछि बैंकका कूल ४२ वटा शाखा हुने जानकारी दिए ।

त्यसैगरी, मर्जरपछि बैंकले १०:३ अनुपातमा हकप्रद सेयर जारी गर्ने उनले जानकारी दिए । बैंकले १ लाख २५ हजार ग्राहकहरुलाई बैंकिङ सेवा उपलब्ध प्रदान गर्दै आएको छ ।

बैंकले आर्थिक बर्ष ०७३/७४ को पुस मसान्तसम्ममा १२ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अबधिमा बैंकले २९ करोड ८९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ ।


पुष्प दुलाल