टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका बिजेताहरुको घोषणा



काठमाडौं।यूनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका बिजेताहरुको घोषणा गरेको छ ।

राष्ट्रव्यापी सो प्रतियोगिताका बिजेताहरुलाई टोयोटाको आधिकारिक बितरक यूनाइटेड ट्रेडर्स सिण्डिकेटको कार्यालयमा अवार्ड तथा प्रमाणपत्र बितरण गरिएको छ ।

नोभेम्बर २०१६ देखि मार्च २०१७ सम्म आयोजना गरिएको सो प्रतिस्पर्धामा देशभरबाट ६०० भन्दा बढि सहभागी रहेका थिए । सो प्रतियोगितामा ८ वर्ष मूनीका, ८ देखि ११ वर्ष उमेर समूह तथा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरु सहभागी रहेका थिए । प्रत्येक समूहबाट तीनजनालाई विजेता घोषणा गरिएको थियो भने उनीहरुले जापानमा आयोजना हुने विश्वव्यापी टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने छन् ।

सन् २००द्ध देखि टोयोटाले आफ्नो सामाजिक अभियानको अंगको रुपमा टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट आयोजना गर्दै आएको छ । सन् २०१६ मा ८१ देशहरुबाट ८ लाख ५५ हजारको सहभागीता रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु