एनआइसी एशिया बैंकले पनि खोल्यो क्यापिटल मर्चेन्ट, १० करोड चुक्ता पुँजी



काठमाडौं । एनआइसी एशिया बैंकले पनि क्यापिटल मर्चेन्ट बैंकिङको कारोबार गर्ने सहायक कम्पनी खोलेको छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र एनआइसी एशिया बैंकका अध्यक्ष जगदीश प्रसाद अग्रपालले एनआइसी एशिया क्यापिटल लिमिटेडको संयुक्तरुपमा उदघाटन गरे ।

एनआइसी एशिया क्यापिटलको चुक्ता पुँजी १० करोड रुपैयाँ छ ।

काठमाडौंको बबरमहलमा मुख्य कार्यालय रहेको सो क्यापिटल लिमिटेडले सेयर निष्काशन तथा बिक्री प्रबन्धक, सेयर प्रत्याभूति, सेयर रजिष्ट्रर तथा लगानी व्यवस्थापन, म्युचुअल फण्ड व्यवस्थापन लगायतका कामहरु गर्नेछ ।


पुष्प दुलाल