सेञ्चुरी बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने




काठमाडौं । सेन्चुरी कर्मसियल बैंकको सञ्चालक समितिले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

बैंकले आर्थिक बर्ष ०७२/७३ मा कमाएको नाफाबाट सो बोनस सेयर घोषणा गरेको हो ।

फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई बोनस सेयर दिने निर्णय गरेको हो । सञ्चाल समितिको उक्त निर्णय नियामक राष्ट्र बैंकले स्वीकृति दिएपछि र सेञ्चुरी बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै वितरण गरिने छ ।

चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा बैंकले २२ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । हाल बैंको चुक्ता पूँजी ३ अर्ब ६८ करोड रुपैंयाँ छ । १० प्रतिशत बोनस सेयर पछि बैंकको चुक्ता पूँजी ४ अर्ब पुग्ने छ ।

बैंक अहिले इनोभेटिभ बिकास बैंक, अरनिको बिकास बैंक र सगरमाथा फाइनान्सलाई एक्वायर गर्ने क्रममा छ । बैंकलाई राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार आउने असारसम्म ८ अर्ब पूँजी पुर्याउनु पर्ने चटारो छ ।


पुष्प दुलाल