साओमीको नयाँ स्मार्टफोन ‘एमआई मिक्स’ बजारमा



काठमाडौं । साओमीले बजारमा नयाँ स्मार्टफोन एमआई मिक्स सार्वजनिक गरेको छ । नेपालका लागि साओमीको आधिकारिक बिक्रेता वत्सल इम्पेक्सले ६.४ इन्चको डिस्प्ले भएको स्मार्टफोन नेपालमा बिक्री शुरु गरेको हो ।

फोनमा २.३५ गिगाहर्जको क्वालकम स्न्यापड्रागन ८२१ प्रोसेसर प्रयोग गरेको छ भने यसमा ६ जीबीको र्याम तथा २५६ जीबीको स्टोरेज राखिएको छ । फोनमा ४,४०० एमएएच ब्याट्री प्याक रहेको छ ।

फोटोका लागि साओमी एमआई मिक्समा १६ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

यो स्मार्टफोनको मूल्य बजारमा ८९,९९९ रुपैंया राखिएको छ ।

साओमी एमआई मिक्स स्मार्टफोन यहि शुक्रबारसम्मका लागि प्रि-बुकिंग गर्न सकिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु