५० करोडको बचतपत्र निकाल्दा ४ करोडमात्रै बिक्यो




काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा रहेका नेपालीहरु लाई लक्षित गरी निष्काशन गरेको बचतपत्र अत्यन्तै कम मात्रै बिक्री भएको छ ।

नेपाल राष्ट्र बैंकले गत माघ १७ गतेदेखि फागुन १५ गतेसम्म ५० करोड ?पैयाँको बचतपत्रको बिक्री खुल्ला गरेको थियो ।

‘५० करोड ?पैयाँ बराबरको बचतपत्रको बिक्ती खुल्ला गरेका थियौं,’ राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले क्लिकमाण्डूसँग भने,- ‘जसमध्ये ४ करोड २२ लाख रुपैयाँको मात्रै बचतपत्र बिक्री भएको छ ।’

कार्यकारी निर्देशक पंगेनीका अनुसार अमेरिका, जापान, दुबई, कोरिया, साउदी अरब, कतार, अफगानस्थान, उजबेकिस्तान र कंगोमा कार्यरत नेपालीहरुले बचतपत्र किनेका हुन् ।

५ वर्षका लागि जारी गरिएको यो बचतपत्रमा लगानी गर्नेले १० प्रतिशतका दरले व्याज पाउने छन् ।


पुष्प दुलाल