रेवतबहादुरज्यू, यो पढ्नुहोस् त- जब एउटाको आबेदन नम्बरमा अर्कैलाई सेयर पर्यो,…



काठमाडौं । खाइ-नखाई जोगाएको पैसा त्यो पनि घन्टौं लाइन बसेर भरेको सेयर अर्कोलाई पर्यो भने तपाईँलाई कस्तो होला ? पक्कै पनि रिसले चुर हुनुहुन्छ ।

हो अहिले त्यस्तै भएको छ सेयर लगानीकर्ता-सञ्जय भण्डारी, लक्ष्मी भट्टराई र यसोदा न्यौपानेलाई ।

फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयरमा भण्डारीले हालेको आबेदन नम्बरमा अर्कैलाई सेयर परेको छ । जसले सेयर बाँडफँड प्रक्रिया स्वस्थ थिएन कि ? भन्ने आशंका उब्जाएको छ ।

एउटै आवेदन नम्बर भएका कतिपय सेयरधनीले एक जनालाई परेको सेयर आफुले पनि पाउनु पर्ने दाबी गरे पछि बाँडफाँड गरिएको सेयर कसले पाउने भन्ने अन्यौलता पनि थपिएको छ ।

‘फरवार्ड कम्युनिटीको सेयरमा मैले भाउजुहरु लक्ष्मी भट्टराई, यसोदा न्यौपाने र म स्यम् सञ्जय भण्डारीको आवेदन गरेको तीन वटै आवेदन नम्बरमा अर्कै व्यक्तिलाई सेयर परेको देखिन्छ । यो कसरी भयो ? मेरो आवेदन नम्बरमा सेयर परेको भए मैले पाउनु पर्छ, धितोपत्र बोर्डले यसता आवेदनमा छानबिन गरी न्याय दिलाओस् ।’ आवेदक भण्डारीले भने ।

बिक्री प्रबन्धकले भण्डारीलाई उपलब्ध गराएको सेयर आवेदन गरेको अर्धकट्टीमा १७०५७ नम्बरको आवेदनबाट लक्ष्मी भट्टराई, १७०५८ नम्बरको आवेदनबाट सञ्जय भण्डारी र १७०५९ नम्बरको आवेदनबाट यसोदा न्यौपानेले सेयर आवेदन भरेको देखिन्छ ।

नबिल इन्भेष्टमेण्ट बैंकिंगले आफ्नो वेबसाइटमा राखेको सेयर बाँडफाँडको नतिजा हेर्दा १७०५७ नम्बरको आवेदनबाट राजन श्रेष्ठ, १७०५८ नम्बरको आवेदनबाट गौरीशंकर श्रेष्ठ र १७०५९ नम्बरको आवेदनबाट रुपक धनवन्तरीलाई सेयर परेको देखिन्छ ।

एउटै आवेदन नम्बर भएका कतिपय सेयरधनीले एक जनालाई परेको सेयर आफुले पनि पाउनु पर्ने दाबी गरे पछि बाँडफाँड गरिएको सेयर कसले पाउने भन्ने अन्यौलता पनि थपिएको छ ।

फरवार्ड कम्युनिटीको सेयर बाँडफाँडमा त्रुटि भएको भन्दै यसलाई बदर गर्न माग गर्दै भण्डारीले नियामक निकाय धितोपत्र बोर्डमा उजुरी दिने बताएका छन् ।


पुष्प दुलाल