स्वास्थ्यमन्त्री थापाले भनेः सरकारी तथ्यांक खुल्ला गर्दा पारदर्शीता बढ्छ




काठमाडौं । अन्तराष्ट्रिय ओपन डाटा डे २०१७ काठमाडाैंमा भव्यताका साथ मनाइको छ । यस दिनलाई विश्वभरीका ३१९ भन्दा बढी स्थानहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदैँ आएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा स्वास्थ्यमन्त्री गगन थापाको उपस्थिति थियो । यसैगरी, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा एवं ओपन कन्ट्राक्टिङ पार्टनरसिपको तर्फबाट लिन्ड्से मार्कसुल्टले सम्बोधन गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले नेपालमा खुला सूचनाको वर्तमान स्थिति, अवसर र चुनौतिहरुका सम्बन्धमा धारणा राखेका थिए ।

स्वास्थ्यमन्त्री गगन थापाले सरकारले अबका दिनमा तथ्यांक खुला गर्नुको विकल्प नभएको र नियमित रुपमा तथ्यांक खुला गर्नाले सरकारको पारदर्शिता एवं जवाफदेहीतामा अभिवृद्धि हुने बिचार राखे । स्वास्थ्य मन्त्रालयमा आफ्नो नेतृत्वमा स्मार्ट हेल्थ यूनिट खडा गरी स्वास्थ्य सम्बन्धी तथ्यांकहरु खुला गर्न लागिएको जानकारी दिए ।

कार्यक्रमको मूख्य विषयहरुका रुपमा स्वास्थ्य सेवा एवं सार्वजनिक खरिदमा केन्द्रित रही विषयगत छलफलको आयोजना गरिएको थियो । उक्त छलफलहरुमा नेपाल सरकारका विभिन्न निकायका उच्चपदस्थ अधिकारीहरु, नागरिक समाज संस्थाका प्रतिनिधिहरु, पत्रकार एवं विकास साझेदार संस्थाका पदाधिकारीरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैगरी विभिन्न तह एवं क्षेत्रहरुमा ओपन डाटाको क्षेत्रहरुमा विभिन्न कार्य गरिरहेका संस्थाहरुद्धारा उनीहरुले गरिरहेका कार्यका बारेमा प्रकाश पारिएको थियो ।

यसैगरी, कार्यक्रममा २५ फेब्रुअरी २०७१ माआयोजित ओपन डाटा डे ह्याकाथोनका उत्कृष्ट ६ वटा समूहहरुले स्वास्थ्य सेवा एवं सार्वजनिक खरिदका तथ्यांकको प्रयोग गरी आफूले विकास गरेका प्रविधिहरुका बारेमा प्रस्तुति गरेका थिए । उत्कृष्ट ६ समूहहरुमध्ये उत्कृष्ट ३ वटा समूहहरुलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको योङ इनोभेसनका प्रमुख कार्यकारी अधिकृत विभुषण बिष्टले जानकारी दिए ।


क्लिकमान्डु