स्वयम्भुमा प्रहरी र अपहरणकारी बिच गोली हानाहान



काठमाडौं । स्वयम्भूको भगवानपाउ क्षेत्रमा प्रहरी र अपहरकारीबीच गोली चलेको छ । नुवाकोटका विशाल तामाङ, मनदोर्जे तामाङ र आङदोङ तामाङको अपहरणमा संग्लगनले गोली चलाएका हुन ।

तीन अपहरणकारी पक्राउ परेका छन् । अपहरणकारीले ६ लाख फिरौती मागेपछि रकम बुझाउने क्रममा प्रहरीले घेराहालेर पक्राउ गर्ने क्रममा दोहोरो भिडन्त भएको हो ।

प्रहरीकानुसार घुँडाभन्दा मुनी गोली हानेर दुर्गा तामाङलाई पक्राउ गरेको छ । उनको साथबाट सिक्सर पेस्तोल र तीन राउण्ड गोली बरामद गरेको छ ।

अपरेशनका क्रममा सचिन खवास र वीरबहादुर तामाङ पनि पक्राउ परेका छन् । प्रहरीले अपहरणमा परेका तीन जनाको शकुशल रिहा गराएको छ ।


क्लिकमान्डु