सर्वाधिक लोकप्रिय पर्यटन गन्तव्यको पुरस्कार श्रीलङ्कालाई



कोलोम्बो । सर्वाधिक लोकप्रिय पर्यटन गन्तव्यको पुरस्कार श्रीलङकाले जित्न सफल भएको श्रीलङ्काली विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

दक्षिणी चीनको गुआन्न्झोउ अन्तर्राष्ट्रिय यात्रा मेला (जिआइटिएफ)मा श्रीलङ्का सर्वाधिक लोकप्रिय गन्तव्यको रुपमा पुरस्कृत भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

मेलामा सहभागी देशमध्ये श्रीलङ्काको लोकप्रियता बढ्दै गएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् २०१४ मा श्रीलङकाका लागि सबै भन्दा धेरै पर्यटकको श्रोत चीन नै भएको थियो ।

यस पटकको पर्यटन मेलामा श्रीलङकाका १९ ओटा ट्राभल्स एण्ड टुर एजेन्सीहरु सहभागी भएका थिए । मेलामा श्रीलङकाको मौलिक नृत्यले धेरैको ध्यान खिचेको थियो ।


क्लिकमान्डु