सामसुङ्ले ल्यायो ‘ग्यालेक्सी सी ९ प्रो’, मुल्य ५९ हजार ९ सय ९० रुपैयाँ



सामसङ नेपालले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी सी ९ प्रो’ बजारमा ल्याएको छ । यो फोनमा ३ जीबी र्याम र १६ मेगा पिक्सल फ्रन्ट र व्याक क्यामेरा रहेको छ ।
६ इन्चको एफएचडी स्यामो एलइडी डिस्प्ले जडान भएको छ । फुल मेटल बढीमा आएको यस फोनले स्मार्टफोनका ग्राहकहरुकालागि थपआकर्षण पु¥याएको कम्पनीको दाबी छ ।

‘ग्यालेक्सी सी ९ प्रो’ ब्ल्याक् र गोल्ड गरी २ वटा रंगहरुमा उपलव्ध रहेको छ । यसको बजार मुल्य ५९ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।

‘फिचर पावरहाउस’भन्ने संज्ञा दिइएको ‘ग्यालेक्सी सी ९ प्रो’ले स्क्रिन, मेमोरी र क्यामेरा सम्बन्धी फिचरहरुलाई एकै स्थानमा प्रस्तुत गरेको छ ।
सामसङ नेपालका डेपुटी जेनरल म्यानेजर, प्रणय स्थापितका अनुसार ‘ग्यालेक्सी सी ९ प्रो’ ले ग्राहकलाई सर्वाेत्कृष्ट मल्टिमिडिया अनुभव प्रदानगर्ने दाबी गर्छन् ।
६४ बिट अक्टाकोर प्रोसेसर, ६ जिबी र्याम, ४ हजार एमएचको ब्याट्री, ६४ जीबी इनबील्य स्टोरेज क्षमता यस फोनको मुख्य बिषेशता हुन् । यसको स्टोरेज क्षमता २ सय ५६ जीबीसम्म बिस्तार गर्न सकिने छ ।
यो सामसुङको अहिलेसम्म कै शक्तीसाली क्षमता भएको फोन हो । जसले बिनाकुनै रुकावट प्रयोगकर्ताहरुलाई मल्टि–टास्किङ्ग अनुभव प्रदानगर्न सक्दछ ।

एफ १.९ एप्रेचर सहितको १६ मेगा पिक्सल फ्रन्ट र रियर क्यामेराले प्रयोगकर्ताहरुलाई “लो–लाइट” कन्डिशनहरुमा उत्कृष्ट फोटोहरु लिन सक्षम बनाउँछ । हाइ–रेजोल्युशनभएको फ्रन्ट क्यामेराले अपग्रेडेड सेल्फीको अनुभवप्रदान गर्छ ।


क्लिकमान्डु