चैत ६ गतेदेखि कुमारी बैंकको ५० प्रतिशत हकप्रद सेयर भर्न पाइने



काठमाडौं । आउँदो चैत ६ गतेदेखि कुमारी बैंकको ५० प्रतिशत हकप्रद सेयर भर्न पाइने भएको छ । बैंकले चैत ६ गतेदेखि बैशाख १० गतेसम्म हकप्रद सेयरको बिक्री खुल्ला गर्ने जनाएको छ ।

कुमारी बैंकको १०० कित्ता सयर हुनेले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ५० कित्ता हकप्रद सेयर भर्न पाउने छन् । बैंकले १ अर्ब ३५ करोड रुपैयाँ बराबरका हकप्रद सेयर बक्री गर्न लागेको हो ।

हकप्रद सेयर निष्कासनपछि कुमारीको चुक्ता पुँजी चार अर्ब चार करोड ८७ लाख रुपौयाँ पुग्नेछ ।

बैंकको हकप्रद सेयरमा आवेदन दिन फागुन १९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् । कुमारी बैंकको दरबारमार्ग काठमाडौंसहित देशभरका शाखा कार्यालयबाट हकप्रद सेयरमा आवेदन दिन सकिनेछ ।

त्यसैगरी, सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । कुमारीको यो हकप्रदमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


पुष्प दुलाल