ह्वावेको पी १० सिरिजको स्मार्टफोनलाई १५ वटा अवार्ड प्राप्त



काठमाडौं । ह्वावेको हालै मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गरिएका विभिन्न डिभाइसहरुले १५ अवार्ड हात पार्न सफल भएका छन् । ह्वावे पी १०, ह्वावे पी १० प्लस, तथा ह्वावे वाच टूलाई विभिन्न अन्तराष्ट्रिभय मिडियाहरुले अवार्ड दिएका हुन् ।

मिडियाहरुले स्मार्टफोन भएको लाइकाको ड्यूल लेन्स क्यामराको बारेमा निकै राम्रो प्रतिकृया दिएको कम्पनीले जनाएको छ । त्यसैगरी ह्वावे वाच टू फोरजीले पनि फोरजी तथा जीपीएसमा मिडियाको आकर्षणको केन्द्रमा रहेको थियो ।

ह्वावेले एन्ड्रोयड अर्थोरिटी, टि थ्री, एचडी ब्लग, पकेट लिन्ट, फोन एरेना, टेक एडभाइजर, रिकोम्बुको लगायतले उत्कृष्ट फोनको रुपमा ह्वावे पी १०लाई अवार्ड दिएका थिए ।

त्यसैगरी ह्वावे वाच टूले पनि टिथ्री, एचडी ब्लग, पकेट लिन्ट, एक्सपर्ट रिभ्यूज, टेक राडार, पीसी म्यागलगायतका मिडियाबाट उत्कृष्ट वेयरेबल डिभाइसको अवार्ड हात पारेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु