निर्वाचनका कारण कक्षा ११ को परीक्षा सर्यो




भक्तपुर । आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ को अन्तिम परीक्षा सरेको छ ।

आज राष्ट्रिय परीक्षा बोर्ड परीक्षा समितिको बैठकले २०७४ सालको कक्षा ११ को परीक्षा सञ्चालन मिति पर सारेको बोर्डका सदस्य–सचिव डिल्ली रिमालले जानकारी दिए ।

बोर्डले आगामी वैशाख २४ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन गर्ने गरी सार्वजनिक गरेको परीक्षा तालिका परिवर्तन गरी आगामी असार १ गतेदेखि ११ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

बोर्डले कक्षा १२ को परीक्षा भने यथावत नै राख्दै वैशाख १० देखि २२ गतेसम्म सञ्चालन गर्ने भएको छ । रासस