यातायात व्यबस्था कार्यालय सतुङगलको राजस्व संकलन अब ग्लोबल आइएमई बैंकबाट
काठमाडौं । ग्लोबल आइएमई यातायात व्यवस्था कार्यालय मोटरसाईकल, सतुङगलको राजश्व संकलन सेवा सुरु गरेको छ ।
बैंकले सतुङगलमा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा काउण्टर स्थापना गरि उक्त कार्यालयको राजस्व संकलन शुरुवात गरेको हो ।
यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ ।
त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर, लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।