निजी क्षेत्रले अब ‘प्राइभेट इक्विटी फन्ड’ चलाउन पाउने : गभर्नर नेपाल




काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले निजी क्षेत्रले प्राइभेट इक्विटी फन्ड चलाउन पाउने गरी नीतिगत व्यवस्थामा परिवर्तन गर्न लागिएको बताएका छन् ।

काठमाडौंमा जारी लगानी सम्मेलनमा राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले नीतिगत परिवर्तनको लागि केन्द्रीय बैंकले काम गरिरहेको बताए ।

‘ प्राइभेट इक्विटी फन्ड मार्फत काम गर्नको लागि परेको समस्या हटाउन हामी लागिरहेका छौ,’ गभर्नर नेपालले भने,‘ देश स्थिरता तर्फ गएको हुँदा लगानीको वातावरण बन्दै छ ।’

उनले नेपालको पुँजी बजार अहिलेपनि विकासको क्रममा रहेको बताए ।

नेपाल बैकर्स संघका अध्यक्ष अनिल शाहले वित्तीय क्षेत्रमा विदेशी लगानीकर्तालाई काम गर्नको लागि कुनै अड्चन नभएको बताए ।

छलफलमा डोल्मा डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत टिम गोचरले कानूनी अड्चनको कारण प्राइभेट इक्वुटी फन्ड मार्फत काम गर्न नसकिएको बताए ।

‘ सम्पत्ती शुद्धिकरण निवारणका सबै व्यवस्था हामीले कार्यान्वयन गरेर फन्ड चलाउने हो, नेपालमा यसरी काम गर्न कानूनी अड्चन छ, यसलाई फुकाउनुपर्छ,’ उनले भने ।


क्लिकमान्डु