लगानीकर्तालाई भौतिक पूर्वाधारमन्त्री लेखकको आग्रह- चार ‘ज’ मा लगानी गर्नुहोस्



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले लगानीकर्ताहरुलाई चार वटा ‘ज’ मा नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

मन्त्री लेखकले नेपालमा जलविद्युत, जमिन, जंगल र जनशक्तिमा ठूलो लगानीको आवश्यकता रहेको उल्लेख गर्दै यी चार क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आग्रह गरे ।

‘चार ‘ज’ मा ठूलो संभावना छ, यी क्षेत्रमा लगानी ब ढाउनुहोस् भन्ने तपाईहरुसँग मेरो आग्रह छ,’ राजधानीमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनको प्यानड डिस्कसनलाई सम्बोधन गर्दै मन्त्री लेखकले भने ।

सोही अवसरमा मन्त्री लेखकले निजी क्षेत्रलाई पनि सहभागी गाराएर अघि बढ्ने गरी यातायात ऐन बनाउन लागिएको जानकारी दिए ।

त्यसैगरी, केबलकारको गाइडलाइन निर्माण भइरहेको उनले जानकारी दिए ।

‘गाइडलाइन बनेपछि केवलकारमा स्वदेशी तथा विदेशी लगानीकर्ता दुबैलाई सजिलो हुनेछ,’ मन्त्री लेखकले भने ।


पुष्प दुलाल