वल्र्डलिंकको इन्टरनेट ग्राहकले रोजेर लिन पाउने



काठमाडौं । वल्र्डलिंक कम्युनिकेसन्सले ग्राहकका लागि आफैंले रोजेर कति इन्टरनेट कुन मूल्यमा लिने भनेर छान्न पाउने सुविधा उपलब्ध गराएको छ ।

वल्र्डलिंकका प्रतिनिधिले ग्राहकको घरमै पुगेर उनीहरुले चाहे अनुसारको इन्टरनेट फाइबरबाट उपलब्ध गराउने छन् ।

‘वल्र्डलिंक आफ्नै हो’ नाम दिइएको प्रबर्धन योजनामा ग्राहकले वल्र्डलिंक फाइबर जडानमा सतप्रतिशतसम्म छुट र तीन महिनासम्म आइपिटिभी निशुल्क पाउने कम्पनीले जानकारी दिएको छ ।

आइपी टिभी प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन् ।

वल्र्डलिंकले २१ बर्षदेखि देशभर ६० हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।


क्लिकमान्डु