प्रथम पुर्वाञ्चल पुष्प व्यापार मेला धरानमा हुँदै



काठमाडौं । पुर्वाञ्चलका मुख्य तीन जिल्लाहरु सुनसरी, मोरङ र झापामा पुष्प तथा आलंकारिक बोट विरुबाको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले प्रथम पुर्वाञ्चल पुष्प व्यापार मेला हुने भएको छ ।

“घर आगन होस या नदी किनारा, रोपि स्वदेशी फूल विरुवा बनाऔ पुर्वाञ्चल हराभरा” भन्ने नारासहित मेला यहि फागुन २३ देखि २५ गतेसम्म ३ दिन अमान बजार, छाता चोक धरानमा आयोजना हुने भएको छ ।

पुर्वाञ्चलका मुख्य तीन जिल्लाहरु सुनसरी, मोरङ र झापाका पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु विच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउन मेला आयोजना गर्न लागिएको हो ।

पुष्पको जातिय विकास संगै गुणस्तरिय उत्पादनले मात्र उपभोक्ता आकर्षित हुने हुदा पुष्प व्यवसायीहरु विच प्रतिस्पर्धात्मक वातावरण सृजना गरिने संस्थाले जानकारी दियो ।

प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरि शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने बताईएको छ ।

मेलामा व्यवसायिक स्टल १३, सूचनामुलक १ र प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा १५ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।

फ्यानका बरिष्ठ उपाध्यक्ष दिलिप बादेले पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने जानकारी दिए ।


क्लिकमान्डु