लक्ष्मी बैंकको नयाँ ‘अनफिक्स्ड डिपोजिट’ मुद्दती खाता



काठमाडौं । लक्ष्मी बैंकले अनफिक्स्ड डिपोजिट नामक एक नयाँ मुद्दती खाताको सुरुवात गरेको छ । ग्राहकहरुलाई मुद्दती खाताका साथसाथै बचत खाताको पनि लाभहरु प्रदान गराउने उद्देश्यले यस खातालाई ग्राहकहरुमाझ ल्याइएको हो ।

अनफिक्स्ड डिपोजिट खाताले ग्राहकहरुको जम्मा रकमलाई उक्त खातामा अटोमेटिक ट्रान्स्फरमार्फत पठाई २ वर्षको नयाँ मुद्दती खाता खोली बैंक धाइ राख्नुपर्ने वा आवेदन फारम भर्ने झन्झट बिना नै उनिहरुलाई उच्च ब्याजदर प्राप्त गर्न मद्दत गर्छ ।

साथै, यस स्किम अन्तर्गत बचत खातामा कारोबार गर्ने रकम कम भएमा उक्त कम देखिएको रकम मुद्दती खाता तर्फबाट स्वचालित ढंगले प्रि–म्याच्योर भई बचत खातामा ट्रान्सफर गरिने छ जसले गर्दा ग्राहकको अनफिक्स्ड मुद्दती खातामा पनि बचत खाताको जस्तै तरलता प्राप्त हुने बैंकले जनाएको छ ।

यो नयाँ योजना बैंकका सम्पूर्ण पुराना तथा नयाँ ग्राहकहरुको लागि प्रारम्भिक वार्षिक ब्याजदर १०% मा उपलब्ध रहेको बैंकले जानकारी दियो ।


क्लिकमान्डु