दक्षिण अफ्रिकी राजदूत र नेपाल समुद्रपार निकासी पैठारी संघबिच छलफल



काठमाडौं। नेपाल समुद्रपार निकासी पैठारी संघको सचिवालयमा नेपालका लागि दक्षिण अफ्रिकी राजदूत रोबिना पी मार्कस् र संघका पदाधिकारीबीच दुई देशबीचको आर्थिक एवं व्यापारिक सम्बन्धका विषयमा छलफल सम्पन्न भएको छ ।

सो अवसरमा दुई देशबीच लगानीका सम्भावनाबारे पनि छलफल भएको थियो । राजदूत मार्कस्ले नेपाल र दक्षिण अफ्रिकाबीचको व्यापार निकै कम रहेको भन्दै नेपालमा जलविद्युत र खनिज उद्योगको सम्भावना र सञ्चालन प्रक्रियाबारे चासो राखेकी थिइन् ।

संघका अध्यक्ष रमेश गुप्ताले दुई देशबीच व्यापारको आकार सानो रहेको भन्दै यसलाई बढाउने उपायमा उद्यमी व्यवसायी र कूटनीतिक नियोगसँग हातेमालो गर्न संघ तयार रहेको जानकारी दिए ।

नेपालका लागि दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूत प्रदिपकुमार श्रेष्ठले आफू दुई देशबीच व्यापार र लगानी बढाउन प्रयासरत रहेको बताए ।

भेटका क्रममा दुई देशबीच व्यापारमा रहेका अवरोधबारे चर्चा गरिएको थियो ।


क्लिकमान्डु