राष्ट्रपतिले भनिन्- ‘सन्तानले बाबुआमालाई आम्दानीको १० प्रतिशत दिनुपर्ने कानून ल्याउँदैछौं



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वृद्धवृद्धाका लागि छोराछोरीले आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने कानुन तयार भइरहेको बताएकी छन् ।

मनमोहन प्रतिष्ठानले बुधबार राष्ट्रपति निवासमा आयोजना गरेको ज्येष्ठ नागरिक देश दर्शन समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले यससम्बन्धी कानुन मस्यौदा तयार गरिरहेको जानकारी आफूले पाएको बताइन् ।

यो पनि पढ्नुहोस्- आम्दानीको १० प्रतिशत बाबुआमालाई अनिवार्य दिनुपर्ने

‘सम्पत्तिको ७५ प्रतिशतमात्र अंशका रुपमा छोराछोरीलाई बाँडिने र २५ प्रतिशत वृद्धवृद्धाकै नाममा हुने व्यवस्था पनि कानुनमा हुँदैछ, वृद्धवृद्धालाई आश्रममा राख्ने व्यवस्थाभन्दा घरमा सम्मानसाथ तीन पुस्ता बस्ने संस्कारको पुनःर्जागरण गरिनुपर्छ,’ उनले भनिन् ।

सडकलगायत पूर्वाधार वृद्धवृद्धा, बालबालिका र अपाङ्गमैत्री हुनुपर्नेमा राष्ट्र«पति भण्डारीले जोड दिइन ।

प्रतिष्ठानका अध्यक्ष एवं सांसद भरतमोहन अधिकारीले कमजोर बनेका ज्येष्ठ नागरिक र बालबालिकालाई देश दर्शन गराई पुनर्ताजगी गर्ने उद्देश्यले यस वर्ष छैठौँपटक कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

 

 


क्लिकमान्डु