गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि छुट्टै निकायको तयारी




काठमाडौं । प्रत्येक व्यक्तिको स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्ने संवैधानिकहकको सुनिश्चितताका लागि सरकारले नेपाल स्वास्थ्य संस्था गुणस्तर प्रमाणीकरण परिषदस्थापना गर्ने भएको छ ।

परिषद्लाई स्वास्थ्य सम्बन्धी सम्पूर्ण सेवाहरुको मापन, मुल्यांकन, प्रमाणीकरण र दोषीलाई कारबाहीका लागि सिफारिस गर्ने लगायतका जिम्मेबारी दिईने भएको छ ।

आवधिक रुपमा सरकारी तथा निजी स्वास्थ्य सेवाहरुको गुणस्तर मापन गरी त्यसको प्रमाणीकरण गरेमा गुणस्तरहिन स्वास्थ्य सेवालाई नियन्त्रणगर्न सकिने र स्तरिय स्वास्थ्य सेवा दिनेहरुलाई प्रोत्साहन हुने स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिए ।

स्वास्थ्य सेवाको गुणस्तरको तहनिर्धारणभएपछिमात्रै त्यसले सेवाशुल्क के कति सम्मलिन सक्ने, गुणस्तरहिननिजिअस्पतालले पनिमहंगो शुल्कलिने प्रबृत्तिअन्त्यहुने लगायतका राम्राप्रभावहरु स्वास्थ्य क्षेत्रमा पर्ने अपेक्षागरिएको छ ।

देशका सम्पूर्ण स्वास्थ्य संस्थाहरुको गुणस्तरलाई नियमन र नियन्त्रण गर्ने परिषदको स्थापना र संचालनबाट मात्र सम्भव भएकाले परिषद् गठन गर्ने अवधारणा ल्याईएको स्वास्थ्य मन्त्रीथापाले जानकारी दिए ।

स्वीकृत अवधारणा अनुसार परिषदको स्थापना गर्न तत्काल कानुनी व्यवस्थागर्ने तयारी भईरहेको थापाले बताए ।


क्लिकमान्डु