रेनोल्ट क्विडको टेस्ट ड्राइभ थप शहरहरुमा आयोजना



काठमाडौं । नेपालमा रेनोल्टको आधिकारिक बितरक, एडभान्स अटो मोबाईल प्रालिले रेनोल्ट कार प्रेमीहरुका लागि देशका विभिन्न शहरहरुमा रेनोल्ट टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरिरहेको छ । यहि फागुन १८ गतेदेखि शुरु भएको रेनोल्ट टेस्ट ड्राइभमा ग्राहकहरुले धरान, इटहरी, जनकपुर र दमकमा महाबिर अटो मोबाइल्समा रेनो कारहरुको आविष्कारिक अनुभव लिन सक्ने बताईएको छ ।

रेनोल्ट टेस्ट ड्राइभ कार्यक्रममा, ग्राहकहरुले रेनोल्ट क्विड आफैंले चलाएर परिक्षण गर्न सक्नेछन् । यो कार्यक्रम ग्राहकहरुलाई रेनोल्ट ब्राण्डको बारेमा अधिक जानकारी प्रदान गर्न आयोजना गरिएको र यहि फागुन २७ गते सकिने कम्पनीले जानकारी दियो ।

कार्यक्रमको अवधिमा ग्राहकहरुले रेनोल्ट क्विडको २५.१७ किलोमीटर प्रति घण्टाको इन्धन खपतको क्षमता, १८० मिलिमीटरको ग्राउण्ड क्लियरेन्स, ७ इन्चको टचइन्फोटेनमेन्ट सिस्टम, तथा रिमोट सेन्ट्रल लकिंग, १६ इन्चको गन मेटल ह्विल्स, क्रुज कन्ट्रोल लगायतका अन्य विशेषताहरुको बारेमा जानकारी प्राप्त गर्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु