पुरी भए नेपालका लागि भारतीय राजदुत



काठमाडौं । नेपालका लागि भारतीय राजदुतमा मञ्जिभ सिंह पुरीको नियुक्त भएका छन् ।

भारत  सरकारले पुरीलाई नेपालका लागि नयाँ राजदुतमा नियुक्त गरेको हो । रणजित रायको तीनवर्षे कार्यकाल सकिएपछि राजदुत पद खाली थियो ।

नेपालमा राजदुत भएर आउन लागेका पुरी यसभन्दा अगाडि युरोपिय युनियन,बेल्जियम र लक्जम्बर्गमा भारतीय राजदुतको रुपमा कार्यरत थिए । राजदुत नियुक्तीको जानकारी परराष्ट्र मन्त्रालयलाई आएपनि यसको औपचारिक जानकारी आएको छैन ।


क्लिकमान्डु