पाँचथरमा झोलुङ्गे पुल बन्दै, ५० प्रतिशत काम पुरा



पाँचथर। पाँचथरमा यस वर्ष चार झोलुङ्गे र तीनवटा ट्रस पुल बन्ने भएका छन् ।

जिविसका इन्जिनियर प्रेम काफ्लेका अनुसार चिगरुप,सिस्ने,कान्दाङ,नाम्धु दोबान,झोलुङ्गे पुल,डडुवा,बाँसबोटे र धुवाँबजार ट्रसपुल गरेर सातवटा पुल बन्नेछन् । यसअन्तर्गत दुरदिम्बा–२ र लिम्बा–४ जोड्ने चिगरुप झोलुङ्गे पुल बनिने भएको छ जसका लागि ३० लाख ४२ हजार रुपैयाँ विनियोजन भएको छ ।

यस्तै, लिम्बा–९ र लिम्बा–७ जोडिने सिस्ने झोलुङ्गे पुलका लागि २८ लाख ९६ हजार रुपैयाँ, च्याङथापु–४ र च्याङथापु–५ जोडिने कान्दाङ पुलका लागि २७ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी, थर्पु–२ र ताप्लेजुङ साब्लाखु–३ जोड्ने डडुवा ट्रस पुलका लागि ३३ लाख ९८ हजार रुपैयाँ,सराङडाँडा–६ र माङजाबुङ–६ बस्ने धुवाबजार ट्रसका लागि २३ लाख ३२ हजार रुपैयाँ र इम्बुङ–६ तथा नवमीडाँडा–२ जोडिने बाँसबोटे ट्रस पुलका लागि २३ लाख ४९ हजार रुपैयाँ विनियोजन गरिएको इन्जिनियर काफ्लेले बताए।

अहिलेसम्म सबै पुलको अवस्था हेर्दा ५० प्रतिशत काम सकिएको र सम्झौता अवधि यही आव २०७३/७४ भित्रैमा सकिने उनको भनाइ छ ।


क्लिकमान्डु