उद्योग वाणिज्य महासंघको साधारणसभामा मन्त्रीलाई प्रवेश निशेध




काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा सरकारका मन्त्रीलाई उपस्थित हुन प्रतिबन्ध लागेको छ ।

निर्वाचन आयोगले महासंघको साधारणसभामा सरकारका मन्त्रीलाई सक्रिय सहभागितामा रोक लगाएको हो । महासंघको निर्वाचन रोक्न माग राख्दै निर्वाचन आयोगमा उजुरी परेपनि आयोगले महासंघलाई तोकिएको मितीमा साधारणसभा र निर्वाचन गर्न भने  दिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले महासंघले तोकिएको समयमा आफ्नो निर्वाचन गर्न पाउँने भएपनि सरकारका मन्त्रीहरु महासंघको कार्यक्रममा जान नपाउने बताए । ‘ स्थानीय तहको निर्वाचन आंचारसहिंता अनुसार मन्त्रीहरु महासंघको साधारणसभामा उपस्थित हुन पाउँदैनन्’,उनले क्लिकमाण्डूसँग  भने,‘ महासंघलाई पूर्व निर्धारित कार्यक्रम अनुसार निर्वाचन गर्नको लागि कुनै समस्या छैन।’

उद्योग वाणिज्य महासंघको ५१ औ साधारणसभा तथा नयाँ नेतृत्वको लागि चैत २८ र २९ मा हुन लागेको छ ।

महासंघको विधान संसोधन भएको हुँदा यो पटक बरिष्ठ उपाध्यक्ष भवानी राणा स्वत अध्यक्ष बन्नेछिन् । बरिष्ठ उपाध्यक्ष तथा तीन उपाध्यक्ष र कार्यकारिणी सदस्यको लागि निर्वाचन हुन लागेको छ । बरिष्ठ उपाध्यक्षमा अहिलेका एशोसियट तर्फका उपाध्यक्ष शेखर गोल्छा र अहिलेका जिल्ला तथा नगरका उपाध्यक्ष किशोर प्रधानले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।


क्लिकमान्डु