मुक्तिनाथ विकास बैंकको ५६ औं शाखा सितापाईलामा



काठमाडौं । मुक्तिनाथ विकस बैंकले काठमाडौंको सितापाईलामा ५६ औं शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर जबराबाट भएको हो ।

जबराले बैंकले एकैसाथ सञ्चालन गरेको आधुनिक बैंकिङ्ग,सीमित बैंकिङ्ग र लघुवित्त सेवा उत्कृष्ट भएको बताएका छन् । साथैस बैँकले वित्तीय सेवाको अलावा सामाजिक सेवाभाव पनि देखिएको उनको भनाई छ ।

बैँकको कुल निक्षेप १५ अर्ब २० करोड रुपैयाँ छ । साथै बैंकले १३ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।


पुष्प दुलाल