अन्तराष्ट्रिय फ्लोरा एक्स्पो सुरु( फोटो सहित)




काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो मेला बिहिबारबाट काठमाडौंको भुकुटी मण्डपमा सुरु भएको छ । ‘शान्ती, सम्बृद्धि तथा स्वच्छ वाताबरणको लागि पुष्पव्यवसाय’ भन्ने नाराका साथ संचालन हुने मेला ४ दिनसम्म  हुनेछ ।

मेलाको उद्घाटन उपराष्ट्रपति नन्द्रबहादुर पुनले जन्मदेखि मुत्युसम्म प्रयोग हुने फूललाई वैज्ञानिक तरिकाबाट उत्पादन गर्दै अन्तराष्ट्रिय स्तरमा व्यापार गर्नुपर्ने बताए ।

नेपालको कुनै एक सहरलाई फूलको सहरको रुपमा विकशित गर्न सके नेपाली पर्यटन व्यवसायलाई टेवा पुग्ने उपराष्ट्रपतिले धारण व्यक्त गरे ।

‘नेपालमा हाल ३९ जिल्लामा व्यवसायिक रुपमा फूलको खेती हुने गरेको छ, गाउँ गाउँमा पूmल खेतिका बारेमा जनचेतनामूलक, शिपमूलक तालिम दिन सकेमा नेपाल फूलमा आत्मनिर्भल हुनुका साथै निर्यातको पनि राम्रो सम्भावना छ,’ उपराष्ट्रपतिले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले प्रयोगहिन खाली रहेका सरकारी लिजमा दिएर भएपनि पुष्प व्यवसायलाई सरकारले सहयोग गर्नु पर्ने बताए ।

कृषी विकास मन्त्रालयका सचिव सुरज पोखरेले पुष्प व्यवसाय कृषी क्षेत्रमा नव विद्या भएकाले यसमा प्रचुर संभावना रहेका बताए ।

मेलामा नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, चीन, र दक्षिण कोरियालगायत देशबाट सहभागी हुने छन् ।

मेलामा अन्तराट्रिय स्टल २८ वटा गरी कुल ९९ वटा स्टल रहेको छ ।

मेलामा ४ सय ५० भन्दा बढी प्रकारका मौसमी फूलहरु लगायत कट् फ्लावर , ड्राइफ्लावर , सुनखरी , फूलको गानो , विउ विजन , कृषि औजार लगाएत जैविक तथा रासायनिक विषादी प्रदशनीको मुख्य आकर्षणका रुपमा छन् ।


क्लिकमान्डु