मोबाइल एप ट्रुकलरमा अब भिडियो कलिंग सुबिधा



काठमाडौं । तपाईँले आफ्नो मोबाइलमा कसले फोन गर्यो भनेर हेर्न प्रयोग गरिरहनु भएको मोबाइल एप ट्रुकलरमा नयाँ फिचर थपिएको छ । ट्रुकलरमा अब तपाईँले भिडियो च्याट पनि गर्न सक्नुहुने भएको छ ।

ट्रुकलरले गूगलका साथ मिलेर भिडियो कलिंगका लागि डूओ एपलाई जोडेको छ । यसका साथै ट्रुकलरले आफ्नो एपलाई पुरै नयाँ डिजाइनमा सार्वजनिक गर्दै नयाँ भर्सन ट्रुकलर ८ ल्याएको छ । यसमा उच्च गुणस्तरको भिडियो कलिंगका लागि गूगलको डूओ सर्भिसलाई जोडेको हो ।

तपाईँले ट्रुकलरलाई यसअघि फोन गर्ने व्यक्तिको बारेमा जानकारी दिने एप भनेर चिन्दै आउनुभएकोमा अब यसले आफ्नो सेवालाई बिस्तार गर्दै पेमेन्ट गेटवे पनि थप गरेको छ ।

कम्पनीले ल्याएको अपडेटमा एसएमएस सर्भिस पनि राखेको छ । यो नयाँ एसएमएस फिचरबाट ग्राहकहरुले आफ्नो फोनको इनबक्समा पुरै नियन्त्रण गर्न सक्दछन् । यो फिचरको माध्यमबाट यूजरहरुले कसले म्यासेज गरे भनेर थाहा पाउन सक्नेछन भने कुनै स्पाम म्यासेज छ भने ट्रुकलर ८ ले आफैं फिल्टर गरिदिनेछ । यस्तो सेवा यसअघि फेसबुक म्यासेन्जरमा पनि उपलब्ध थियो ।

यसका साथै ट्रुकलरमा फ्ल्याश म्यासेजिंग सेवा पनि थप गरिएको छ । यो नयाँ फिचरबाट प्रयोगकर्ताहरुले ट्रुकलर यूजरलाई छिटोगरि एक प्री डिफाइण्ड म्यासेज पठाउन सक्नेछन् । जसले अगाडिको मानिसलाई उसको लोकेसन, स्टेट अफ माइण्ड तथा बाँकी जानकारीहरु दिनेछ ।

यसका साथै कम्पनीले भारतीय बजारका लागि भनेर ट्रुकलर पे सार्वजनिक गरेको छ । यो सेवा कम्पनीले भारतको आईसिआईसिआई बैंकसँग मिलेर शुरु गरेको हो । यसको माध्यमबाट यूजर्सले पेमेन्ट पठाउन तथा प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु