सामसङको ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक



न्यूयोर्क । कोरियाली स्मार्ट फोन कम्पनी सामसङले ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक गरेको छ ।

न्यूयोर्कमा आयोजित विशेष कार्यक्रममा कम्पनीले एस सिरिजको एस ८ र एस ८ प्लस सार्वजनिक गरेको हो । एस ७ बाट सफलता प्र्राप्त गर्न नसकेको सामसङलाई आफ्नो ब्राण्डलाई नयाँ सिरिजबाट ठूलो अपेक्षा रहेको छ ।

के छ विशेषता

सामसङ एस ८ मा ५.८ इन्चको क्विएचडी सुपर एमोलेड डिस्प्ले रहेको छ । एस ८ प्लसमा ६.२ क्विएचडी सुपर एमोलेड डिस्प्ले रहेको छ । दुवै फोनको रिजोलुस १४४०X२९६० पिक्सेल रहेको छ । कम्पनीले यसमा डिस्प्लेको नाम इनफिनिटी दिएको छ । यसलाई गोरिल्ला ग्लास ५ द्धारा सुरक्षित गरिएको छ ।

दुबै फोनको मुख्य क्यामरा १२ मेगाफिक्सेलको रहेको छ भने फ्रन्ट क्यामरा ८ मेगापिक्सेलको रहेको छ । दुबै स्मार्टफोनमा क्वालकमको पछिल्लो स्पेनड्रैगेन ८३५ प्रोसेसर राखिएको छ । ग्यालेक्सी एस ८ र एस ८ प्लसमा अक्टा कोर १० एनएम प्रोसेसर रहेको छ । जसमा चार कोर २.३ जिएजजेट र चार कोर २.७ जिएजजेट बाट लक गरिएको छ ।

दुबै स्मार्टफोनमा ४ जिबीको र्याम, इन्टरनल मेमोरी ६४ जिबी छ भने यसलार्इ माइक्रोएसडी कार्डद्धारा बढाएर २ सय ५६ जिबीसम्म पुर्याउन सकिने छ । दुबै स्मार्टफोनमा वायरलेस र फास्ट चार्जिङ सर्पोट रहेको छ ।

३६० को गियर कनेक्ट रहेको छ । यो डिभाइसको मद्दतले फोरके रिजोलुसनबाट ३६० भिडियो बनाउन सकिन्छ भने १५ मेगापिक्सेल फोटो खिच्न सकिन्छ ।

सामसंगको नयाँ फोन आइपी ६८ प्रमाणपत्रसहित आउनेछ, जसमा धुलो तथा पानीबाट बचाउनका लागि डस्ट एण्ड वाटर रेसिस्ट्यान्स छ ।

ग्यालेक्सी एस ८ सिरिजमा स्टेरियो स्पिकरका साथमा ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ भने यी फोनहरु एकेजी हेडफोनका साथमा उपलब्ध हुनेछन् । यो स्मार्टफोन मिडनाइट ब्ल्याक, कोरल ब्लू, म्यापल गोल्ड, अर्किड ग्रे, तथा आर्टिक सिल्भर कलर अप्सनमा आएको छ ।

सामसंगका दुबै फोनहरुमध्ये केहि भिन्नता छ भने त्यो ब्याट्री प्याकमा रहेको छ । सामसंगको नयाँ स्मार्टफोनलाई चलाउनका लागि एस ८ स्मार्टफोनमा ३,००० एमएएचको ब्याट्री तथा एस ८ प्लसमा ३,५०० एमएएचको ब्याट्री राखिएको छ । दुबै स्मार्टफोनहरुमा फास्ट वायरलेस चार्जिंग प्रविधि छ ।

सामसङ एस ८ को मूल्य ७ सय ५० अमेरिकी डलर रहेको छ । एस ८ प्लसको मूल्य ८ सय ५० अमेरिकी डलर रहेको छ । एजेन्सी


क्लिकमान्डु