बजाजको सोरुम स्याङ्जाको वालिङमा



स्याङ्जा । बजाजको सोरुम स्याङ्जाको वालिङ संचालनमा आएको छ । सन्तोषी स्पेयर पार्टसले स्याङ्जाको वालिङ–१० मा बजाजको सोरुम संचालनमा ल्याएको हो ।

शोरुमको उद्घाटन गर्दै बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले आफ्ना ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । शोरुमको सुरुवातसँग शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरिने जानकारी दिएको छ ।


पुष्प दुलाल