फेसबुक म्यासेन्जरले थप्पो म्याप एप्लिकेशन




केही समय अघि गुगलले म्याप एप्लिकेसनमा लाइव लोकेसन सेयर गर्ने फिचर थपेको थियो ।

त्यस पछि फेसबुले म्यासेन्जरमा त्यही फिचर थपेको छ । म्यासेन्जरमा पहिले देखिनै लोशेसन सेयर गर्ने फिचर थियो । तर त्यो पुरानो फिचर अहिलेको जतिको प्रभावकारी थिएन ।

पुरानो फिचरले म्याप लोकेसनको ‘एक क्विक स्न्यापशट’ मात्र देखिन्थ्यो । नयाँ फिचरको माध्यमबाट तपाईले आफ्नो साथीको रियल टाइमा भएको लोकेसन थाहा पाउन सक्नुहुनेछ । त्यतिमात्र नभएर तपाई आफ्नो लोकेसन साथीसँग सेयर गर्नपनि सक्नुहुनेछ ।

रियल टाइम लोकेसन कसरी चेक गर्ने ?
यसका लागि म्यासेन्जरको लोकेसन आइकनमा क्लिक गर्नु पर्ने हुन्छ । यसपछि मोर आइकनमा क्लिक गरेर आफ्नो लोकेसन सेलेक्ट गर्न सकिन्छ । एकपटक सेयर गरेको लोकेसन १ घण्टाका लागि मात्रै शेयर हुनेछ । तर, यसलाई आफ्नो आवश्यता अनुरुप रोक्नपनि सकिन्छ । यो (ETA)Electronic Travel Authorization हो ।

एप्सको सहयोगबाट साथीको लोकेसन र साथीको लोकेसनसम्म पुग्न लाग्ने समय पनि सहजै अनुमान लगाउन सकिन्छ । यसका लागि दुवै व्यक्तिले आफ्नो लोकेसन सेरिङ अन राख्नु पर्ने हुन्छ ।


क्लिकमान्डु