क्यासवे मनि ट्रान्सफरले पायो रेमिटेन्स कारोबारको अनुमती




काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासवे मनि ट्रान्सफर प्रालिलाई मनि ट्रान्सफर सेवासम्बन्धी कारोबार गर्ने अनुमति प्रदान गरेको छ ।

नेपालका प्रतिष्ठित उद्योगपति, व्यवसायी, बैंकर तथा रेमिट्यान्स विशेषज्ञहरुको प्रयासमा रेमिट्यान्स सेवालाई अझै सरल, सहज तथा अत्याधुनिक प्रविधिको प्रयोग गरि सेवा दिने उद्देश्यले कम्पनीको स्थापना भएको हो । जसले गर्दा अझै आउने दिनहरुमा बढी मात्रामा नेपालभित्र बैंकिङ्ग माध्यमद्वारा रेमिट्यान्स भित्र्याउने कार्य सहज हुनेछ ।

‘विश्वमा जहाँ जहाँ नेपाली, त्यँहा त्यहाँ क्यासवे मनि ट्रान्सफर’ भन्ने मुल नाराका साथ कम्पनीले आफ्नो प्रारम्भिक कार्यहरु शुरुवात गरिसेकेको छ । पहिलो चरणमा कम्पनीले ‘जनरल रेमिट’ को सेवा दिने कार्य गरिसके पछि दोस्रो चरणमा डिजिटल रेमिटको सेवा पनि शुरु गर्नेछ ।


क्लिकमान्डु