अब नेपाल टेलिकमको जीएमएम तथा सिडिएमए प्रिपेडमा लोन पाइने



काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएमएम तथा सिडिएमए प्रिपेड सेवाग्राहीहरुका लागि ‘लोन’ सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले सो सेवाका प्रयोगकर्ताहरुलाई ब्यालेन्स नहुँदा कल गर्न लोन रकम उपलब्ध गराउने भएको छ ।

यो सेवा शुरु गर्नका लागि टेलिकम र हंगकंगस्थित टिआक्साको स्थानिय एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालीबिच सम्झौता भएको कम्पनीले जानकारी दियो ।

सो सम्झौताअनुसार ग्राहकहरुले जीएमएम तथा सिडिएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएमा ब्यालेनसमा ‘लोन’ रकम उपलब्ध प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले ग्राहकहरुलाई थप सुविधा दिने नीतिअनुसार जीएमएम तथा सिडिएमए प्रिपेड मोबाइलका एयरटाइम क्रेडिट दिने भएको हो । यो सुविधामा कुनैपनि शुल्क बिना नै ग्राहकहरुले लोन रकम प्राप्त गर्नेछन र सो लोन रकम रिचार्जपछि आउने ब्यालेन्सबाट काटिने छ ।

सम्झौताअनुसार यो सुविधा आगामी ५ महिनाभित्र संचालनमा ल्याउने टेलिकमले लक्ष्य लिएको छ ।


क्लिकमान्डु