सामसंगको आउन लागेको ग्यालेक्सी एस ८ तथा एस ८ प्लस स्मार्टफोन यस्तो हुनेछ



काठमाडौं। सामसंगले यहि मार्च २९ तारिखमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ सार्वजनिक गर्दैछ । ग्यालेक्सी एस ८ सार्वजनिक हुनुभन्दा पहिले नै यसको बारेमा विभिन्न जानकारीहरु बाहिर आईसकेका छन् ।

सामसंगले बहुप्रतिक्षित स्मार्टफोन एस ८ का साथै एस ८ प्लस पनि सार्वजनिक गर्ने भएको छ ।

सामसंगले सार्वजनिक गर्ने दुबै मोडलका स्मार्टफोनहरुको फोटो तथा जानकारीहरु करिब करिब सबै बाहिर आएका छन् । जसअनुसार कम्पनीले ग्यालेक्सी एस ८ तथा एस ८ प्लसलाई ‘बेस्ट फिचर्स अफ इट्स ग्यालेक्सी लाइनअप’ का साथै ‘अ ग्राउण्डब्रेकिंग डिजाइन’ स्लोगनका साथमा बजारमा ल्याउने तयारी गरेको छ ।

सामसंगको ग्यालेक्सी एस ८ मा ५.७ इन्चको तथा एस ८ प्लसमा ६.२ इन्चको कभ्र्ड सूपर एमोलेड डिस्प्ले राखिएका छन्, जसको रिजोल्यूशन २९६०ह१४४० पिक्सेल रहेको छ ।

सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन एस ८ सिरिजमा १२ मेगापिक्सेलको रियर क्यामरा हुनेछ जसमा एफ १.७ अर्पाचर, ड्यूल पिक्सेल अटोफोकस, ओआईएस, तथा फोरके भिडियो रेकर्ड गर्ने क्षमता हुनेछ ।यसमा सामसंगले लेजर अटोफोकस पनि प्रयोग गर्ने रिपोर्टहरुमा उल्लेख छ । अर्कोतर्फ सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिनेछ भने यसमा पनि अटोफोकस रहनेछ ।

ग्यालेक्सी एस ८ तथा एस ८ प्लसमा २.५ गीगाहर्जको अक्टा कोर एक्सनोज ८८९५ प्रोसेसर वा क्वालकम स्न्यापड्रागन ८३५ केहि देशहरुका लागि हुनेछ । यो फोन ४ जीबीको र्याम तथा ६४ जीबीको यूएफएस २.० भर्सनको आन्तरिक स्टोरेजका साथ उपलब्ध हुनेछ । यसको स्टोरेज बढाउनका लागि माइक्रो एसडी कार्ड स्लट पनि हुनेछ, जसले २५६ जीबीसम्म सपोर्ट गर्दछ ।

सामसंगको नयाँ फोन आइपी ६८ प्रमाणपत्रसहि आउनेछ, जसमा धुलो तथा पानीबाट बचाउनका लागि डस्ट एण्ड वाटर रेसिस्ट्यान्स हुनेछ ।

सामसंगको नयाँ स्मार्टफोनलाई चलाउनका लागि एस ८ स्मार्टफोनमा ३,००० एमएएचको ब्याट्री  तथा एस ८ प्लसमा ३,५०० एमएएचको ब्याट्री हुने बताईएको छ । दुबै स्मार्टफोनहरुमा फास्ट वायरलेस चार्जिंग प्रविधि राखिनेछ ।

सामसंगको ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसमा स्टेरियो स्पीकर्स हुनेछन् ।

सामसंगले ग्यालेक्सी एस ८ तथा एस ८ प्लस स्मार्टफोन विभिन्न कलर अप्सनमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । यो स्मार्टफोन ब्ल्याक, ब्लू, गोल्ड, अर्किड ग्रे, तथा सिल्भर कलर अप्सनमा आउनेछ ।

कम्पनीले आधिकारिकरुपमा डेक्स स्टेशन विथ एक्टिभ कुलिंग ल्याउनेछ, जसमा पूरै साइजका पोर्टहरु राखिनेछन् । यो स्टेशनले विण्डोज १० को डेस्कटप वा ल्यापटपमा फोनलाई सिधै कनेक्ट गराउनेछ ।

सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लसको मूल्यको बारेमा पनि विभिन्न जानकारी बाहिर आएको छ । ग्यालेक्सी एस ८ को मूल्य ७९९ यूरो तथा एस ८ प्लसको मूल्य ८९९ यूरो हुनसक्ने जानकारी आएका छन् ।

सामसंगको नयाँ फ्ल्यागशिपमा अहिलेसम्मकै सबैभन्दा ठूलो थपभनेको नयाँ बिक्सबी डिजिटल असिस्ट्यान्स हो, जून कम्पनीले केहि साता अघि मात्र प्रिभ्यू गरेको थियो ।

सामसंगले सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लस यहि मार्च २९ तारिखमा अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रमका बिच औपचारिकरुपमा अनावरण गर्दैछ । त्यसपछि विभिन्न बजारमा क्रमश यो स्मार्टफोन उपलब्ध हुनेछ ।


क्लिकमान्डु